काठमाडौं - प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर भएको छ । राई आफ्नो पति भएको भन्दै दोलखाकी बालिका खड्काले अंश मुद्दा दायर गरेकी हुन् ।
मुद्दामा खड्काले आफूलाई मुख्यमन्त्री राईले शारीरिक यातना दिएको तथा यौन दुर्व्यवहार गरी घरेलु हिंसा गरेको आरोप लगाएकी छिन् ।
खड्काले दायर गरेको मुद्दामा आफूलाई सञ्चारमन्त्री भएका बखत राईले राजधानीको गोल्फुटारमा कोठा लिई राखेको उल्लेख गरेकी छिन्। साथै आफू राईसँग ७१ सालदेखि सँगै रहेको बताएकी छिन्।
राई विरुद्ध मुद्दा दर्ता भएको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार आनन्दराज श्रेष्ठले जानकारी दिए। राई मुख्यमन्त्री भैसकेपछि पनि आफूले विराटनगर गएर भेट्न खोजे पनि बेवास्ता गरेको उनले उल्लेख गरेकी छिन्।
मुख्यमन्त्री राईविरुद्ध अदालतमा मुद्धा दायर
खबर एक्सप्रेस
फाल्गुन १६, २०७६
७९२


.gif)

