काठमाडौं-राष्ट्रिय बीमा कम्पनीमा कर्मचारी युनियनले आतंक मच्चाइ रहेका छन् । कम्पनीमा युनियनका केही कर्मचारीहरुले निर्वाचन आचारसंहिता समेत उल्लंघन गरि निर्वाचनको समयमा नियम विपरित सेवा सुबिधा माग गर्दै आन्दोलन गरिरहेका छन् ।

नेकपा एमाले निकट कर्मचारी युनियन र नेपाली काङ्ग्रेस निकट कर्मचारी युनियनको आन्दोलनका कारण बीमा कम्पनीको दैनिक काम कार्बाही प्रभावित बनेको छ ।

राष्ट्रिय बीमा कम्पनीका कर्मचारीहरु विगतमा स्थिर प्रमुख कार्यकारी अधिकृत नहुँदा कार्यालय समयमा नआउने कार्यालय समयसम्म नबस्ने सवारी साधनको दुरुपयोग गर्ने जस्ता काम केही कर्मचारीहरुबाट हुने गरेको थियो भने अहिले तिनै कर्मचारीहरु अराजक बनेका छन् ।

कार्यालयका सवारी साधन रोक्ने दैनिक काम कार्बाहीमा असर पर्ने गरि गतिविधि गर्ने काम कर्मचारी युनियन निकट केहि कर्मचारीहरुबाट भैरहेको छ । हरेक महिना दुई दिन बिहान र साझ दुई घण्टा बिदा दिनुपर्ने जस्ता माघ कर्मचारी युनियनको छ कर्मचारीहरुको यस्तै हर्कतले गर्दा बर्सौदेखी कम्पनीको अडिट समेत हुन सकेको छैन ।

यस विषयमा कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतसंग  सम्पर्क हुन सकेन भने नेकपा एमाले निकट कर्मचारी युनियनका अध्यक्ष डम्बर अधिकारीलाई तपाईंहरु किन अराजक बन्नुभयो ? भनेर प्रश्न गर्दा बाहिर चर्चा भएजस्तो आन्दोलन नभएको र आफ्नो युनियन अराजक पनि नबनेको भन्दै समयमै अडिटको कार्य सम्पन्न गर्न,कर्मचारी विनियमावली कार्यान्वयन गर्नको लागि आन्दोलन गर्नु परेको बताए भने नेपाली काङ्ग्रेस निकट कर्मचारी युनियनका अध्यक्ष दिपक पाण्डे अराजक गतिविधि गर्ने सवारी साधन चल्न नदिने जस्ता कार्य आफ्नो नेतृत्वको युनियनबाट नभएको बताए ।