प्रधानमन्त्री र मन्त्रीहरुले कोरोना कोषमा जम्मा गरे दशैं खर्च
खबर एक्सप्रेस
२०७७-०७-०३ ०८:४९ मा प्रकाशित
Total Shares: 283
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सबै मन्त्रीहरुले दशैं खर्च कोरोना कोषमा जम्मा गर्ने भएका छन्।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले दशैं खर्च कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी दिए।
यसअघि नेपाल कम्युनिष्ट पार्टीका सांसदले पनि दशैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका थिए भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले दशैं भत्ता फिर्ता गर्ने निर्णय गरेका थिए।
फेसबुक पेज Like गर्नुहोस