काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।

बुधबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा आगामी बजेटबारे छलफल भएको स्रोतले बताएको छ । बजेट अधिवेशन बोलाउने, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता र नीति तथा कार्यक्रमबारे छलफल भएको हो ।

प्रत्येक वर्षको जेठ १५ गते ल्याउनुपर्ने बजेटबारे सरकारले कोरोना महामारीबीच तयारी थालेको छ ।