स्टक ब्रोकरको लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन
खबर एक्सप्रेस
२०८०-०३-०५ ११:०६ मा प्रकाशित
Total Shares: 102
काठमाडौं - प्रतिनिधिसभाको अर्थ समितिले रोक्का गरेको ब्रोकर लाइसेन्सको प्रक्रिया खोलेको छ।
समितिको २९ जेठमा बसेको बैठकले ब्रोकर लाइसेन्सको प्रक्रिया रोक्न नेपाल स्कट एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएको थियो । मंगलबार धितोपत्र बोर्डका पदाधिकारीहरुसँग छलफलपछि अर्थ समितिले लाइसेन्स प्रक्रिया अगाडि बढाउन भनेको हो ।
फेसबुक पेज Like गर्नुहोस