काठमाडौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले स्थायी कमिटी बैठक बोलाएको छ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार बिहान ११ बजे बैठक बस्ने स्रोतले बताएको छ । गत वैशाख २० गते बसेको नेकपा सचिवालय बैठकले वैशाख २५ गते स्थायी कमिटी बैठक राख्ने निर्णय गरे पनि अन्तिम समयमा स्थगित गरिएको थियो।