जेठ ५ पछि पनि लकडाउनलाई कायमै राख्ने सरकारको तयारी
काठमाडौं - सरकारले कोभिड १९ संक्रमणको जोखिम बढ्दै गएपछि लकडाउन पुःन थप गर्ने तयारी गरेको छ ।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा लकडाउनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भइरहेको स्रोतले बताएको छ ।
स्रोतका अनुसार जेठ ५ गतेपछि पनि लकडाउनलाई कायमै राख्ने सम्भावना छ । यसबारे समितिमा थप छलफल हुने बताइएको छ । लकडाउनलाई प्रभावकारी बनाउने विषयमा विज्ञ समूहसँग छलफल भैरहेको छ । छलफलपछि आगामी बस्ने मन्त्रिपरिषद बैठकमा प्रस्ताव पेश हुनेछ ।
यसअघि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन खुकुलो पारेकोमा चिन्ता व्यक्त गरेका थिए । उनले कोरोना संक्रमण फैलिन नदिने एकमात्र उपाय लकडाउन भएको भन्दै कडाइ गर्नुपर्ने बताएका थिए ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २५८ रहेको छ । जसमा ३५ जना निको भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस