रविसँगको भेटपछि मोदीले भने - नयाँ सरकारसँग सहकार्य गर्न तयार छौं
काठमाडौं - सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।
भारत भ्रमणमा रहेका सभापति लामिछानेले आज दिउसो भारतको प्रधानमन्त्री कार्यालयमा मोदीसँग भेटवार्ता गरेका हुन् ।
भारतीय प्रधानमन्त्री मोदीले लामिछानेलाई भेट्न पाउँदा खुसी लागेको भन्दै सामाजिक संजालबाट तस्बिर सार्वजनिक गरेका छन् । मोदीले भनेका छन्–‘साझा र समृद्ध भविष्यको लागि मिलेर काम गर्ने उहाँको इच्छालाई म स्वागत गर्दछु र पूर्ण रूपमा साझा गर्दछु।’
मोदीले छिमेकी पहिलो नीति अन्तर्गत नेपाल एक प्राथमिकता साझेदार भएको बताउँदै दुई देशहरू बीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न तत्पर रहेको पनि बताएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस