एमसीसीविरुद्ध सत्तारुढ दलकै कार्यकर्ता सडकमा
खबर एक्सप्रेस
२०७८-११-०६ ०२:१४ मा प्रकाशित
Total Shares: 209
काठमाडौं - मिलेनियम च्यालेन्न्ज कर्पाेरेसन (एमसीसी) नेपालले स्वीकार्न नहुने भन्दै देशभर विरोध भइरहेको छ । पछिल्लो केही दिनयता काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनिरहेको छ ।
सत्तारुढ दल माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का भ्रातृ संगठनकै अगुवाइमा एमसीसीको विरोध प्रदर्शन भइरहेको छ । शुक्रबार दिउँसो पनि उनीहरूले सडकमै टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस