पछिल्लो २४ घण्टामा थप ८८ जनामा कोरोना पुष्टि
खबर एक्सप्रेस
२०७८-११-२३ ०३:०९ मा प्रकाशित
Total Shares: 196
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ८६३८ जनामा परीक्षण गर्दा ८८ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, कोरोना संक्रमणबाट १ जनाको ज्यान गएको छ भने ३७६ कोभिडमुक्त भएका छन् । हाल मुलुकमा सक्रिय संक्रमितको संख्या ६ हजार १५० रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस