राष्ट्र उत्थान लघुवित्तको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त
खबर एक्सप्रेस
२०७८-०३-१४ ०६:५६ मा प्रकाशित
Total Shares: 404
काठमाडौं - राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई सार्वजनिक निष्काशन गर्नको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
उक्त सम्झौतामा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट नायब कार्यकारी निर्देशक जया लाेहनी तथा एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।
राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले ८ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणको लागि सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस