काठमाडौं उपत्यकामा अब सबै सवारी साधन चल्न पाउने, निषेधाज्ञा असार ३१ सम्म
काठमाडौं - काठमाडौं उपत्यकामा अब सबै निजी तथा सार्वजनिक सवारी साधन चल्न पाउने भएका छन् ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीकाे संयुक्त बैठकले असार २२ गतेदेखि लागू हुने गरी उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोर-बिजोर प्रणाली हटाएको हो ।
अब सबै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर साना तथा ठूला सबै सार्वजनिक सवारी सन्चालनको अनुमति दिइएको छ । टेम्पो र निलो माइक्रो पनि सञ्चालन गर्न पाइने भएको छ । यसअघि २५ सिट क्षमताभन्दा बढीका सवारी साधन मात्रै चलाउन दिइएको थियो।
यस्तै, थप खुकुलो बनाउँदै निषेधाज्ञालाई भने जारी नै राखिएको छ। बैठकले असार ३१ गतेसम्म निषेधाज्ञा लम्बाएको छ ।
यस्ताे छ जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको आदेशः

.gif)



फेसबुक पेज Like गर्नुहोस