बयानपछि सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै लेखक
खबर एक्सप्रेस
२०८२-०९-१४ ०१:२९ मा प्रकाशित
Total Shares: 67
काठमाडौं - नेपाली कांग्रेसका नेता तथा पुर्व गृहमन्त्री रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन सिंहदरबार पुगेका छन् ।
लेखक बयानका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका हुन् ।
गत भदौ २३ र २४ गतेको घटनाबारे सोधपुछ गर्न आयोगले लेखकलाई पुस १३ गते उपस्थित हुन भनेको थियो
शुक्रबार नै बयानका लागि बोलाइए पनि लेखकले आफू व्यस्त रहेका कारण आज मात्रै बयान दिन जाने बताएका थिए ।
बयानपछि लेखकले आजै दिउँसो २ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।
लेखकले पत्रकार सम्मेलनमा गरेर जेनजी आन्दोलनबारे बोल्ने बताएका छन् ।

.gif)




फेसबुक पेज Like गर्नुहोस