मनकामना दर्शनका लागि यात्रु लिएर जाँदै गरेको बस दुर्घटना, पाँच जनाको मृत्यु
खबर एक्सप्रेस
२०७९-०७-१३ ०७:५३ मा प्रकाशित
Total Shares: 161
काठमाडौं - मनकामना दर्शनका लागि यात्रु लिएर जाँदै गरेको बस दुर्घटनामा परेको छ। दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।
पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट मनकामना दर्शनका लागि यात्रु लिएर जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस पूर्व नवलपरासीको बुलिङटार गाउँपालिका–२ मथारमा दुर्घटनामा परेको हो।
दुर्घटनामा परी घाइते भएका २३ जना उद्धार गरिएको छ। प्रहरी चौकी बुलिङटारका अनुसार दुर्घटनामा पाँच जनाको शव भेटिएको र अन्यको खोजी भइरहेको छ।
बस सडकबाट झण्डै एकसय मिटर तल खसेको प्रहरीले बताएको छ।
फेसबुक पेज Like गर्नुहोस