काठमाडौं - आज देशभर पुर्वी तथा मध्य भू-भाग नजिक बनेको न्युन चापिय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेकाे जल तथा मौसम पुर्वानुमान महाशााखाले जनाएको छ ।
देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ । देशका मध्य र पूर्वी भू-भागमा र पश्चिमि भू-भागका थोरै स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
दिउँसो पख देशको पहाडी भेगमा आँशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन्रचट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।
यस्तै राति पख भने देशको पहाडी भेगमा आँशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन्रचट्याङ सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

.gif)


