शिक्षक महासंघद्धारा थप आन्दोलन घोषणा
काठमाडौं - नेपाल शिक्षक महासङ्घले आफ्ना माग सम्बोधन नभएको भन्दै थप आन्दोलन घोषणा गरेको छ ।
आज महासङ्घले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको पहिलो चरणको आन्दोलनको कार्यक्रम अनुसार यही भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने छ भने भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाउने र त्यहीँ २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम छ ।
महासङ्घले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अबको आन्दोलन विगतको भन्दा कडा र सशक्त हुने चेतावनी दिएको छ ।
भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने र २ घण्टा धर्ना दिइने महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
बिहिबार शिक्षा विधेयक संसदीय समितिबाट पारित भएको विधेयकप्रति असन्तुष्टि जनाउँदै थप आन्दोलन घोषणा गरेको महासङ्घले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस