बाँस्कोटालाई तत्काल राजीनामा गराउन अध्यक्ष प्रचण्डको सुझाव, ओलीले बोलाए बालुवाटार
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई बालुवाटार बोलाएका छन् ।
सञ्चार मन्त्री बाँस्कोटाको विवादास्पद अडिओ सार्वजनिक भएपछी प्रधानमन्त्रीले जानकारी लिन उनलाई बालुबाटार बोलाएर छलफल गर्न लागेका हुन् ।
नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै भेटवार्ता गरी यस विषयमा छलफल समेत गरेका थिए । उक्त छलफलमा बाँस्कोटालाई तत्काल राजीनामा गराउन सुझाव दिएका छन् । प्रचण्डले यो प्रकरणले पार्टीलाई समेत क्षति पुर्याउने भन्दै बाँस्कोटालाई तत्काल राजीनामा गराउन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका हुन् ।
भेटमा प्रधानमन्त्री ओलीले बाँस्कोटालाई आजै बालुवाटार बोलाएर कुरा गर्ने र त्यसपछि आवश्यक कदम चाल्ने बताएका छन् । मन्त्री बाँस्कोटा सुदूरपश्चिमको कञ्चनपुरमा रहेकाले उनी त्यहाँबाट धनगढी हुँदै आज दिउँसो करीब २ बजे काठमाडौं ओर्लिने बताइएको छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि मन्त्री बाँस्कोटाले स्वीस कम्पनीका नेपालस्थित एजेन्टसँग ७० करोड घूसका लागि डील गरेको अडियो बुधबार राती सार्वजनिक भएको थियो ।
फेसबुक पेज Like गर्नुहोस