माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
खबर एक्सप्रेस
२०७८-०२-०६ १०:१७ मा प्रकाशित
Total Shares: 619
काठमाडौं - नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा विहीबार ११ बजे बैठक बस्न लागेको हो ।
कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणबारे छलफल गर्न बैठक बोलाइएको स्रोतले बताएको छ । बैठकबाट कोरोना संक्रमणविरुद्ध पार्टीपंक्ति परिचालन गर्ने सन्दर्भमा विभिन्न योजना र कार्यक्रमहरु घोषणा गरिनेछ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार चिकित्सकहरू तथा विज्ञहरूसँग कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न विषयमा छलफल गरेका थिए।
फेसबुक पेज Like गर्नुहोस