भ्रष्टाचार आरोपमा सीके राउतका कार्यकर्ताद्वारा खानेपानीका हाकिममाथि दुर्व्यवहार
काठमाडौं, जनकपुरधाम - सिके राउत नेतृत्वको जनमत पार्टीले जनकपुर खानेपानी संस्थानका हाकिमलाई अर्धनग्न गरी बजार घुमाएको छ। ढल निर्माणमा अनियमितता भएको भन्दै पार्टीका कार्यकर्ताहरुले नेपाल खानेपानी संस्थान जनकपुरका निमित्त प्रमुख राजेश्वर कुश्वाहालाई अर्धनग्न गरी जनकपुर बजार घुमाएका हुन्।
जनकपुरधामको रामानन्द चोकस्थित रहेको सो कार्यालय लाठी सहित पुगेका जनतम पार्टीका दर्जनौँ कार्यकर्ताहरुले निमित्त प्रमुख कुश्वाहालाई जबरजस्ती कार्यालयबाट बाहिर निकालेर कुटपीट गर्दै नगर परिक्रमा गराएका थिए ।
उनीहरुले निमित्त प्रमुख कुशवाहकाको कपडा च्यातेर अर्धनग्न बनाइ हिलो दलि अर्धनग्न गर्दै घुमाएका हुन्। जनकपुरधाम उपमहानगरपालिका वडा– ८ स्थित ढल निकासको लागि पटक पटक लिखित र मौखिक गुनासो गर्दा समेत ध्यान नदिएकाले जनकारबाही गरिएको जनमत पार्टीले जनाएको छ ।
जनमत पार्टीका नेता कार्यकर्ताहरुले साइकल चोर देश छोड्, भ्रष्ट मेयर चाहिदैन लगायतका नाराहरु समेत लगाएका थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस