काठमाडौं - भारतको गुजरातमा विवाहका लागि तयारी गरिरहेको एक जोडी स्तब्ध भएको छ । दुलाहाका पिता र दुलहीकी आमा भागेपछि जोडीको विवाह रोकिएको छ । 

आफ्ना आमाबुवा भागेपछि जोडीले बिहे स्थगित गर्ने निर्णय लियो । विवाह अर्को हप्ता हुने कार्यक्रम थियो ।

बेहुलाका पिता ४८ वर्षीय कपडा व्यापारी हुन् भने बेहुलीकी आमा ४६ वर्षीया गृहिणी हुन् । उनीहरू पुस २५ मा भागेका हुन् । 

भाग्ने आमाबुवाले बालककालदेखि नै एकअर्कालाई चिनेको र कतरगाम क्षेत्रमा उनीहरू नजिकै बस्ने गरेको बताइएको छ ।