दशौं महाधिवेशन मंसिरमा गर्ने एमालेको निर्णय
खबर एक्सप्रेस
२०७८-०५-०८ ०७:०८ मा प्रकाशित
Total Shares: 317
काठमाडौं - नेकपा एमालेको दशौं महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते आयोजना हुने भएको छ ।
मंगलबार तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय ललितपुरमा बसेको स्थायी कमिटी बैठकले मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकमा माधव नेपाल छाडेका स्थायी कमिटी सदस्यहरु पनि उपस्थित थिए ।
साथै, बैठकले भदौ २७ र २८ गतेलाई तोकिएको विधान महाधिवेशन पनि सारेको छ । अब विधान महाधिवेशन असोज पहिलो ५ र ६ गते हुनेछ । बैठकले २०७५ जेठ २ मा जो जुन कमिटीमा क्रियाशील थियो सोही जिम्मेवारीमा रहन पनि निर्देशन दिएको छ ।
एमालेले पार्टी विभाजन गरेर गएका नेता तथा कार्यकर्तालाई मूल घरमा फर्किन आग्रहसमेत गरेको छ ।

.gif)


फेसबुक पेज Like गर्नुहोस