नारायणीमा डुंगा पल्टिदा तीनको मृत्यु, दुई जना घाइते
खबर एक्सप्रेस
२०७९-०७-१५ १०:१४ मा प्रकाशित
Total Shares: 231
काठमाडौं, नवलपरासी - पश्चिम नवलपरासीमा डुंगा पल्टिदा तीन जनाको मृत्यु भएको छ । नवलपरासीको सुस्ता गाउँपालिका –४, नर्सहीमा रहेको नारायणी नदीको भंगालोमा डुंगा दुर्घटनामा परेको हो । थप दुई जना घाइते भएका छन् ।
डुंगा पल्टिदा सुस्ता गाउँपालिका –४ गोकुलनगरका गुड्ड हरिजन, निरज हरिजन र रञ्जित गुप्ताको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते भएका किशोर हरिजन र सोहित सहानीको सहिद स्मृति अस्पताल चौपत्तामा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार डुंगा दुर्घटनामा परेको हो ।
फेसबुक पेज Like गर्नुहोस