नेकपा स्थायी कमिटी बैठक असार २६ गतेसम्म स्थगित
खबर एक्सप्रेस
२०७७-०३-२४ ०९:१३ मा प्रकाशित
Total Shares: 327
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक असार २६ गतेसम्म स्थगित भएको छ ।
पार्टीभित्र देखिएको विवाद नमिलेको कारण आज बुधबार बस्ने भनिएको बैठक स्थगित भएको एक स्थायी सदस्यले जानकारी दिए । यसअघि पनि सोमबार बस्ने स्थगित भएको थियो ।
लगातार तीन दिनदेखि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच वार्ता हुँदै आएपनि ठोस निर्णय हुन नसक्दा बैठक स्थगित भएको बताइएको छ ।
स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि बैठक स्थगित हुँदै आएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस