एमाले विवाद समाधान गर्न कार्यदल बन्यो
काठमाडौं - सत्तारुढ नेकपा एमाले भित्रको विवाद समाधान गर्नको लागि कार्यदल बनेको छ । आइतबार सिंहदरमा बसेको प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ताले दुबै पक्षका ५/५ नेता रहने गरि कार्यदल बनाएको हो ।
पार्टी एकता कायम राख्नको लागि नेपाल समूहले एमालेलाई २०७५ जेठ २ मा फर्काउनुपर्ने शर्त राखेको छ । सोही शर्तबारे ओली र नेपालबीच भएको थप छलफलले कार्यदल बनाएको हो ।
कार्यदलमा अध्यक्ष ओली पक्षको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने माधव नेपाल पक्षको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।
फेसबुक पेज Like गर्नुहोस