गम्भीर घाइते पूर्वसचिव कार्कीको श्रीमती मुनाको मृत्यु, कामदार चौधरीको शव फेला
खबर एक्सप्रेस
२०७६-१०-२७ ११:०० मा प्रकाशित
Total Shares: 414
काठमाडौं - पूर्वसचिव अजुर्न कार्कीकी पत्नी मुना कार्कीको उपचारको क्रममा स्टार अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ । सानेपास्थित आफ्नै निवासमा गम्भीर घाइते भएकी पूर्वसचिव कार्कीकी पत्नी मुनाको उपचारको क्रममा मृत्यु भएको हो ।
सानेपास्थित निवासमा कार्कीकी श्रीमती मुना कार्की अचेत अवस्थामा घरको भान्सा कोठामा रगतले लतपतिएको अवस्थामा भेटिएकी थिइन् । साथै, घरमा कामदार रहेका दाङ घर भएका विजय चौधरीको शव पनि फेला परेको ललितपुर प्रहरी परिसरले बताएको थियो ।
घटनाबारे अनुसन्धान भइरहेको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।
फेसबुक पेज Like गर्नुहोस