काठमाडौं - नबिल बैंक र आर एन्ड डी इनोभेटिभ सोलुसन्स प्रालि बीच कृषि प्राविधिकलाई आवश्कताअनुसार बैंकको कर्जा नीतिको अधिनमा रहेर विभिन्न बैंकिङ सेवाहरु प्रदान गर्ने सम्झौता भएको छ ।

साझेदारीमा हस्ताक्षर गर्दै बैंकले एसएमई तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेतले बैंकले सदैव दिगो बैंकिङलाई प्राथमिकता दिइरहेको र कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

आर एन्ड डी का अध्यक्ष सुनिता न्हेम्हाफूकीले नेपालको कृषि क्षेत्रको मुख्य समस्यामध्ये कृषि विषय अध्ययन गरेकाले नै कृषि व्यवसाय वा उद्यम सञ्चालन गर्न रहेको बताइन । सोलुसनले कृषि उद्यमशीलता विकासका लागि कृषि प्राविधिक समक्ष वित्तीय पहुँच सहितको कृषि उद्यमशीलता विकास कार्यक्रम ल्याएको उनले बताइन् ।

आर एन्ड डी इनोभेटिभ सोलुसनले उद्यम गर्न चाहने प्राविधिकको छनोट गरी उद्यमशीलता विकाससम्बन्धी आधारभूत तालिम दिई बैंक समक्ष सहुलियत कर्जाका लागि सिफारिस गर्नेछ । ती सिफारिस भएका प्राविधिकको व्यावसायिक योजनाका आधारमा १० लाख सम्मको सहुलियत दरको कर्जा नबिल बैंकले उपलब्ध गराउने जनाइएको छ ।