चिकित्सकको टोली लिएर गोरखातर्फ लागे नारायणकाजी
खबर एक्सप्रेस
२०७८-०२-०३ ०५:१२ मा प्रकाशित
Total Shares: 222
काठमाडौं - नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ चिकित्सक, ल्याब टेक्निसिएन र अन्य केही स्वयंसेवकसहित गृह जिल्ला गोरखातर्फ लागेका छन् । श्रेष्ठले सामाजिक सञ्जालमार्फत् सो जानकारी दिएका हुन् ।
सो टोलीले केही लक्षण देखापरी शंकास्पद रहेका र कोभिड बिरामी सँग घनिभुत सम्पर्कमा रहेकाहरुको तत्काल एन्टिजेन टेष्ट, बिरामीहरुको परीक्षण, आवश्यक परामर्श एव्ं तत्काल संभव औषधी, स्वास्थ्य सस्थाहरुलाई केही स्वास्थ्य सामाग्री हस्तान्तरण र स्थानीय सराकारका जनप्रतिनिधि एवं स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुसँग कोभिड केन्द्रित छलफल गर्ने श्रेष्ठले बताए ।
फेसबुक पेज Like गर्नुहोस