ललितपुरमा किशोरी बलात्कृत
खबर एक्सप्रेस
२०७७-१२-२२ ०१:०२ मा प्रकाशित
Total Shares: 252
काठमाडौं - ललितपुरमा एक किशोरी बलात्कृत भएकी छन् । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका-१५ खुमल्टारस्थित गेष्ट हाउस बस्ने जुम्ला पाटारासी गाउँपालिका-६ घोडासिंह घर भएका १९ वर्षीय धिरेन्द्र रोकाया र कैलाली गौरीगंगा गाउँपालिका-८ समारीपुर घर भएका २६ वर्षीय सिताराम चौधरी रहेका छन् ।
उनीहरुले शुक्रबार साँझ जबरजस्ती करणी गरेको किशोरीको बयान छ । महानगरीय प्रहरी बृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रिय प्रहरी समाचार कक्षले जनाएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस