प्रहरीमाथि डिउटीमै चक्कु प्रहारको प्रयास
धनगढी - कैलालीमा मंगलबार राति प्रहरीमाथि चक्कु प्रहारको प्रयास भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिकाको ट्राफिक चौराहमा डिउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहारको प्रयास हो ।
गएराति करिब सवा ८ बजेतिर ट्राफिक चौराहमा हरहर महादेव भन्दै हातमा चक्कु लिएर सडकमा हिँडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो ।
तर नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि ती युवकले चक्कु प्रहार गरेको सार्वजनिक भिडियोमा देख्न सकिन्छ । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा भारतीय नागरिक भनिएपनि उनी नेपाली भएको खुलेको हो ।
प्रहरी स्रोतका अनुसार ती युवक धनगढी उपमहानगरपालिका–१४ बस्ने ३६ वर्षीय टेकबहादुर टमटा रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
फेसबुक पेज Like गर्नुहोस