लिभरपुलको लज्जास्पद हार
खबर एक्सप्रेस
२०७९-०५-२३ ०८:४० मा प्रकाशित
Total Shares: 186
काठमाडौं - युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा लिभरपुलले लज्जास्पद हार ब्यहोरेको छ ।
साविक उपविजेता इंग्लिस क्लब लिभरपुल इटालियन क्लब नापोलीसँग ४–१ गोल अन्तरले पराजित भएको हो ।
नापोलीको जितमा जिलिस्की पेनले दुई, जाम्बो एन्गुइसा र जियोवानी शिमोनले एक/एक गोल गरे । लिभरपुलका लुइज डियाजले एक गोल फर्काए ।
यही समूह ‘ए’ को अर्को खेलमा डच क्लब आयाक्सले स्कटिस क्लब रेन्जर्सलाई ४–० ले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस