काठमाडौंमा चितुवाको आक्रमण, एकै घरका पाँच जना घाइते
खबर एक्सप्रेस
२०७९-०३-३० ०७:४४ मा प्रकाशित
Total Shares: 208
असार ३०, काठमाडौं - काठमाडौंको भीमढुंगामा चितुवाको आक्रमणबाट एकै घरका ५ जना घाइते भएका छन् । गएकाे मध्यरातमा नागार्जुन नगरपालिका–८ स्थित भिमढुङ्गा हर्सनखोलाका पञ्चकुमार भट्टराईको घरमा पुगेको जङ्गली चितुवाले आक्रमण गरेको हो ।
जिल्ला प्रहरी कार्यालय काठमाडौंका अनुसार घाइतेहरुको शरीरको बिभिन्न भागमा चोट लागेको र हाल मनमोहन अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको जनाइएकाे छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस