रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको छैठौं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं - रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको छैठौं वार्षिक साधारण सभा कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ ।
सभाले सञ्चालक समितिको छैठौं वार्षिक प्रतिवेदन, आ.व. २०७८/०७९ को वित्तीय विवरणहरु र लेखापरीक्षकको नियूक्ती गर्ने प्रस्थावहरु सर्वसम्मतिले पारीत गरेको छ । सभामा शेयरधनीहरुले उठाएका जिज्ञासाहरुको अध्यक्ष नेपाली श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले जवाफ दिएका थिए ।
यस उपलक्ष्यमा कम्पनीलाई यहाँ सम्म पु-याउन सहयोग गर्ने वीमित, अभिकर्ता, एजेन्सी म्यानेजर, नियमनकारी निकाय, संस्थापक, कर्मचारी, पत्रकार तथा सम्पूर्ण शुभचिन्तक तथा सरोकारवाल महानुभावहरुमा धन्यवाद ज्ञापन गरे ।
फेसबुक पेज Like गर्नुहोस