मतपत्र आजदेखि जिल्ला-जिल्लामा लगिँदै
काठमाडौं - प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि छापिसकेका मतपत्र बिहीबारदेखि जिल्लामा पठाइने भएको छ। जनक शिक्षा सामाग्री केन्द्रका अनुसार हिजोसम्म एक करोड ५३ लाख मतपत्र छपाइ सम्पन्न भएको छ।
प्रत्यक्षतर्फ कूल दुई करोड तीन लाख थान मतपत्र छपाइ गर्नुपर्नेछ। भोलिसम्ममा सबै मतपत्र छपाइ सम्पन्न गर्ने लक्ष्य रहेको केन्द्रले जनाएकोे छ । आजदेखि छपाइ भएको मतपत्र जिल्ला जिल्लामा पठाउन सुरु गरिने निर्वाचन आयोगले जनाएको छ।
बिहबारदेखि दुर्गम क्षेत्रमा मतपत्र पठाउन शुुरु गरिने भएको हो। फागुन १० देखि १२ गतेभित्र सबै जिल्लामा मतपत्र पु¥याइसक्ने तयारी रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए।
यस्तै निर्वाचन आयोगले भोलिदेखि मतदाता शिक्षा कार्यक्रमलाई तिव्रता दिने भएको छ । नागरिक शिक्षा प्रवर्धनका लागि विभिन्न स्रोत सामग्रीहरू तयार गरेको छ । लोकतन्त्र, निर्वाचन, समावेशिता र निर्वाचन, मतदाता नामावली र मतदानलगायत विषय समेटेर स्रोत सामग्री तयार गरिएको हो।

.gif)



फेसबुक पेज Like गर्नुहोस