महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 22
काठमाडौं-काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् ।
पाण्डेले माघ ४ गतेदेखि लागू हुने गरी शुक्रबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई राजीनामा बुझाएका हुन् ।
आफूले राजीनामा दिएको पुष्टि गर्दै उनले भने- ‘मैले महानगर प्रहरी बलको प्रमुख पदबाट राजीनामा दिएँ, माघ ३ गतेसम्म बहालमा रहन्छु ।’
पाण्डे आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन लड्ने गरी सक्रिय राजनीतिमा आउने तयारीमा रहेका छन् ।
पाण्डे काठमाडौं महानगरका मेयर बालेन शाह रहेकै पार्टीबाट चुनाव लड्ने बुझिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस