रुकुम पश्चिमको सानीभेरी–१ मा माओवादी केन्द्रको प्यानल नै विजयी
काठमाडौं - रुकुम पश्चिमको सानीभेरी गाउँपालिका -१ मा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ ।
वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा अन्तर्गत सो वडामा नेकपा माओवादी केन्द्रका टेकबहादुर पुनको नेतृत्वको प्यानल नै विजयी भएको हो । वडाध्यक्षमा निर्वाचित पुनले ५ सय ६१ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खले पुनले २ सय ८१ मत प्राप्त गरे ।
त्यस्तै, गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रकै विर्खबहादुर विष्टले अग्रता कायम राख्दा कांग्रेस–एमाले गठबन्धनबाट उठेका कांग्रेसका गोरखप्रसाद चन्द पछि छन् । विष्टले ५ सय ४७ मत ल्याउँदा चन्दले २ सय ८० मत हात पारेका छन् । साथै उपाध्यक्षमा पनि नेकपा माओवादी केन्द्रकै कमला रोका पुनको अग्रता छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस