काठमाडौं - कोरोना भाइरसका कारण विश्वभर ३८३० जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितहरुको संख्या १ लाख १० हजार नाघेको छ । त्यस्तै ६२ हजारभन्दा बढी संक्रमितहरु उपचारपछि घर फर्किएका छन् ।
चीनमा मात्रै ३११९ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितहरुको संख्या ८० हजार ७३५ रहेको छ ।पछिल्लो समय इटालीमा कोरोना भाइरसको अवस्था भयावह रहेको छ । इटालीमा ३६६ जनाको मृत्यु भएको छ ।
त्यस्तै संक्रमितको संख्या ७३३५ रहेको छ । अमेरिकामा पनि कोरोना भाइरस तीब्र रुपमा फैलिन थालेको छ । हालसम्म अमेरिकामा २२ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितहरुको संख्या ५४८ पुगेको छ ।

.gif)


