काठमाडौं - सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेश विरुद्ध विभिन्न कानून व्यवसायीहरुले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन् । 

प्रधानमन्त्री शेरबहादुरको देउवाको सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको राजनीतिक दल सम्बन्धी ऐन,२०७३ लाई तत्काल संशोधन गर्न बनेको अध्यादेशविरुद्ध बिहीबार बिहानसम्म ५ वटा रिट निवेदन पेस भएको हो । सर्वोच्चको स्रोतका अनुसार पेश हुन आएका पाँच रिट दर्ता प्रक्रियामा रहेका छन् । 

बिहीबार अधिवक्ता अर्जुनकुमार अर्याल, सकुन्तला भुषाल, निवेश लम्साल, अनुपा अर्याल, प्रवेश केसी  श्रीकान्त बराललगायतले सर्वोच्चमा रिट पेश गरेका हुन्। रिट निवेदनमा संविधानसँग बाझिएकाले अध्यादेश खारेज हुनुपर्ने र अध्यादेशका आधारमा भएका सबै कामकारबाही बदर हुनुपर्ने माग राखिएको छ ।