राजतन्त्रको पक्षमा काठमाडौंमा विशाल प्रदर्शन
काठमाडौं - राजतन्त्रको पक्षमा काठमाडौंमा प्रदर्शन भएको छ ।
शनिबार दिउँसो हिन्दु राष्ट्र र राजतन्त्र पुनर्वहालीको माग गर्दै राजावादीहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले राष्ट्रिय झण्डा, पृथ्वीनारायण शाहको तस्बिर, विभिन्न नारा अंकित ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।
केही दिनअघि मात्रै जिल्ला प्रशासन कार्यालय, काठमाडौँले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै धर्ना, जुलुस, प्रदर्शन जस्ता गतिविधि रोक्न आग्रह गरेको थियो । अनुरोधलाई बेवास्ता गर्दै आज माइतीघरबाट नयाँ वानेश्वरसम्म प्रदर्शन गरिएको छ ।
पछिल्लोसमय सरकारको चर्को विरोध गर्दै राजावादीहरुले मुलुकका विभिन्न स्थानमा प्रदर्शन गरी राजसंस्थाको पुनःस्थापनाको माग गरिरहेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस