काठमाडौं - स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेश कुमार पोखरेलले राजीनामा दिएका छन् । 

पोखरेल स्वास्थ्य बीमा बोर्डमा आएदेखि सुधारका धेरै राम्रा काम गरेका थिए भने बीमाको पहुँच पनि व्यापक रुपमा बृद्धि गरेका थिए । उनले राम्रो काम गर्दा गर्दै पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट काम गर्न सपोर्ट नभएपछि बुधवार प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका छन् । 

उनलाई हटाउन प्राइभेट अस्पतालहरु लागि परेका थिए । स्वास्थ्य बीमा बोर्डले सक्रिय रुपमा काम गर्न थालेपछि मेडिकल माफियाहरु पोखरेललाई हटाउन लागि परेको र माफियाहरुलाई नै स्वास्थ्य मन्त्रालयले साथ दिएको बोर्डका एक उच्च कर्मचारीले खबर एक्सप्रेसलाई जानकारी दिए । यस विषयमा पोखरेलसँग कुरा गर्दा राजीनामा दिएको विषयमा मात्र जानकारी दिए । उनको राजीनामाले धेरैलाई निराश बनाएको छ ।