काठमाडौं -  कोरोना भाइरस सम्बन्धी प्रेस ब्रिफिङ पाँच दिन रोकिने भएको छ। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले दसैं विदा हुने भएकाले शुक्रबारदेखि मंगलबारसम्म प्रेस ब्रिफिङ नगरिने बताएका छन्। प्रेस ब्रिफिङ नभए पनि अन्य माध्यमबाट कोरोनाबारे  जानकारी दिइने प्रवक्ता गौतमले जानकारी दिए।   

‘बुधबारदेखि परिष्कृत रूपमा मिडिया ब्रिफिङ गर्नेछौं,’ उनले भने। अपरान्ह सवा ४ बजेतिर हुने उक्त ब्रिफिङमा सरकारले पछिल्लो २४ घन्टामा थपिएका, निको भएका र मृत्यु भएका कोरोना संक्रमितको विवरणसहित अन्य गतिविधिको जानकारी दिने गरेको थियो।