मकवानपुरमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७७-०६-१८ ०३:३८ मा प्रकाशित
Total Shares: 376
काठमाडौं,मकवानपुर - मकवानपुरको भिमफेदी कुलेखानी सडकखण्ड अन्तर्गत भिमफेदी गाउँपालिका वडा नम्बर ६ चिसापानीगढी नजिक सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा १ बालकसहित ५ जना घाइते भएका छन् ।
हेटौँडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ४१०६ नम्बरको दक्षिणकाली यातायातको सुमो दुर्घटनामा परेको हो ।
घाइतेलाई उद्धार गरी उपचारका लागि हेटौँडा पठाइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस