हेटौँडामा ट्यांकर, ट्रक र बस आपसमा ठोकिँदा ३१ जना घाइते
खबर एक्सप्रेस
२०८२-०६-०६ ०२:५२ मा प्रकाशित
Total Shares: 84
हेटौँडा-मकवानपुरको हेटौंडा-१९ दारिमटारमा ३ वटा सवारी साधन आपसमा ठोक्किँदा ३१ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार तेल बोकेको ट्याङ्कर, मालबाहक ट्रक र यात्रुवाहक बस एक-आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
घाइते सबैलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ । प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए।
दुर्घटनास्थलमा प्रहरीको टोली खटिएको छ भने घटनाको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस