राष्ट्रपति भण्डारी र सभामुख सापकाेटाबीच भेट
खबर एक्सप्रेस
२०७७-०१-२६ ०३:३६ मा प्रकाशित
Total Shares: 486
काठमाडाैं - राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्निप्रसाद सापकाेटाबीच भेट भएकाे छ। शुक्रबार अपरान्ह ४ बजे सुरु हुन लागेकाे संघीय संसदकाे बैठकलाई लिएर उनीहरुबीच भेट भएकाे हाे।
राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार दिउँसाे भएकाे भेटमा संसदको छैठौं अधिवेशन, सरकारको नीति तथा कार्यक्रमका विषयमा छलफल भएकाे थियाे। सभामुखले राष्ट्रपतिलाई चालु वर्षे अधिवेशन सञ्चालनका विषयमा जानकारी गराएका थिए।
नोभल कोरोना भाइरस (कोभिड- १९)का कारण उत्पन्न विषम परिस्थितिमा विश्व स्वास्थ्य संगठनले गरेको दिशानिर्देश अनुसार संसदका बैठक सञ्चालनको तयारी भएकाे साे अवसरमा सभामुख सापकाेटाले राष्ट्रपतिलाई जानकारी गराएका थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस