काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा चुनावी अभियानलाई तीव्र पार्दै घरदैलो अभियानमा लागेका छन् ।

अध्यक्ष ओली आसन्न प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा आफ्नो गृहजिल्ला झापामा केन्द्रित हुँदै घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष भेटघाटमा जुटेका हुन् ।

विशेषगरी युवाहरूसँग ओलीले देशको भविष्य, रोजगारी र विकासका विषयमा संक्षिप्त छलफल गरे । 

विशेष गरी दमक नगरपालिकाका विभिन्न वडाहरूमा पुग्दा स्थानीयले खानेपानी, सडक पूर्वाधार र सुकुम्वासी समस्या समाधानका लागि ओलीसँग आग्रह गरेका थिए।