समस्या परे खबर गर्न भन्दै प्रधानमन्त्री ओलीले लिङ्देनलाई फोन गरे
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले उपचाररत सांसद राजेन्द्र लिङ्देनलाई फोन गरेका छन् । नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचाररत राप्रपा नेता लिङ्देनलाई फोन गरेर स्वास्थ्य अवस्थाबारे चासो राखेका हुन् ।
प्रधानमन्त्री ओलीले लिङ्देनलाई शुक्रबार बिहान फोन गरेका थिए । ओलीको फोन लिङ्देनका छोरा स्वाधीनले उठाएका थिए । फोनमा प्रधानमन्त्री ओलप्ले शीघ्र स्वास्थ्य लाभको शुभकामनासमेत दिएका छन् । साथै कुनै समस्याबारे आफूलाई खबर गर्न समेत भनेको स्वाधीनले जानकारी दिएका छन् ।
निमोनिया भएपछि बिहीबार झापाको विर्तामोडस्थित विएण्डसी अस्पतालबाट उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा ल्याइएको छ । हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।
त्यस्तै, लिङ्देनको स्वास्थ्य अवस्थाबारे बुझ्नको लागि शुक्रबार बिहान पार्टीका अध्यक्षद्वय कमल थापा र प्रकाशचन्द्र लोहनीसमेत अस्पताल पुगेका थिए ।
फेसबुक पेज Like गर्नुहोस