काठमाडौं - भारतको राजधानी दिल्लीमा भएको हिंसात्मक घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।

दिल्ली सरकारले ल्याएको नागरिकतासँग सम्बन्धित नयाँ विवादास्पद कानुनको समर्थन र विरोध गर्नेहरूबीच गत आइतवारबाट सुरु भएको भिडन्तमा परि २० जनाको मृत्यु भैसकेको विभिन्न सञ्चारमाध्यमले जनाएको छ ।

समाचार एजेन्सी एएनआईसँग गुरु तेग बहादुर अस्पतालका प्रबन्ध निर्देशक सुनील गौतमले बताएअनुसार २० जनाको मृत्यु भैसकेकाे छ भने १८९ जना घाइते छन् ।

नागरिकता संशोधन कानुनविरुद्ध प्रदर्शन गरिरहेका नागरिकको समूहले आइतबार सडक अवरुद्ध गरिएपछि जाफराबादमा उक्त कानुनको समर्थन गर्दै आएका नागरिकको समूहबीच झडप सुरु भएको थियो । यस्तै, दिल्ली उच्च अदालतले घाइतेहरूको उचित उपचारको प्रबन्ध गर्न आदेश दिएको छ ।