काठमाडौं - परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नोवेल कोरोना भाइरस फैलिएको चीनको वुहानमा रहेका नेपालीलाई फर्काउने तयारी भइरहेको बताएका छन् ।

वुहानमा रहेका नेपालीले अरू देशका साथीहरू घर फर्किए पनि आफूहरू सुनसान वुहानमा बस्नु परेको गुनासो गरेका छन् । सँगै बस्नेहरू फर्किएपछि आफूहरू एक्लै परेकाले मानसिक तनाव बढेको उनीहरूको भनाइ छ ।

परराष्ट्र मन्त्री ज्ञवालीले सरकारले उनीहरूको मर्का बुझेको र आवश्यक परे तत्काल फर्काउने गरी तयारी गरिरहेको बताए ।

वुहानबाट नेपाल फर्किएकालाई नेपालमा पनि छुट्टै ठाउँमा राख्ने गरि टेकुलगायतका अस्पतालमा आवश्यक व्यवस्था भईरहेको मन्त्री ज्ञवालीको भनाइ छ ।