पूर्व राजाले सर्वसाधारणलाई टीका नलगाइदिने, शक्ति पीठ पनि नजाने
काठमाडौं - पूर्व राजा ज्ञानेन्द्र शाहले यस वर्ष सर्वसाधारणलाई टीका लगाउने र अष्टमीका दिन शक्ति पीठहरुमा दर्शन गर्न जाने परम्परालाई रोक्ने भएका छन्।
कोरोना भाइरसको संक्रमणका कारण परम्परागत रुपमा गर्दै आएका गतिविधिलाई बन्द गरिएको पूर्व राजा शाहका सहयोगी फणिन्द्र पाठकले जानकारी दिए ।
पाठकद्वारा जारी सूचनामा भनिएको छ – ‘कोरोनाको असहजताको स्थितिमा आस्था, मान्यता, मर्यादा र कर्तव्यशीलतालाई कायम राख्दै दशैं पर्व शान्त, शालीनता र सादगीका रुपमा मनाउने निधो गरिबक्सेको छ, ‘साथै यस वर्ष महाअष्टमीका दिन विभिन्न शक्ति पीठहरुमा दर्शन गरिबक्सने कार्यक्रम र विजय दशमीका दिनमा टीका बक्सने कार्यक्रम नहुने व्यहोरा जानकारी गराइन्छ।’
कोरोना भाइरसको संक्रमण नेपालमा लगातार बढिरहेको छ। साथै महत्वपूर्ण धार्मिक स्थलहरु पनि बन्द गरिएको छ।
फेसबुक पेज Like गर्नुहोस