काठमाडौं - निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले नेकपाको विवाद न्यायपूर्ण निरुपण गर्ने बताएका छन् ।

बहुमत केन्द्रीय कमिटीका सदस्यहरुको हस्ताक्षरसहित आयोग पुगेको नेकपाको संस्थापन पक्षलाई उनले प्रचलित कानुनको परिधीमा रही विवाद निरुपण गर्ने बताएका हुन् ।

'सर्वोच्च अल्दालतबाट पनि केही नजिरहरु पुनः स्थापित भएको जानकारी छ' उनले भने, 'सबै विषयलाई राखेर तोकिएकै अवधिभन्दा अगाडि प्रारम्भ गर्ने र सकेसम्म तोकिएको अवधीभन्दा एक दुईदिन अघि निरुपण गर्नेगरी काम प्रारम्भ गर्छौं ।'