काठमाडौं - नेपालमा पछिल्लो २४ घन्टामा १४ हजार ७३९ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन्।  बिहीबार नेपालमा जम्मा १२ हजार ४४४ स्वाबको परीक्षण भएको थियो । 

स्वाब परीक्षणको दायरा केही बढ्दा नेपालमा शुक्रबार हालसम्मकै सर्वाधिक २ हजार ७२२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

काठमाडौँ उपत्यकामामात्रै १ हजार ६३८ जना संक्रमित थपिएका छन् । त्यस्तै, मन्त्रालयका अनुसार ३ हजार ३०७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ । 

मन्त्रालयका अनुसार हालसम्म नेपालमा हालसम्म १० लाख ४८ हजार ६८६ स्वाबको परीक्षण भएको छ ।